एमाले कार्यक्रम विथाेल्न जाँदा प्रहरी खाेरमा

लहान, चैत २६ । एमालेले लहानमा आयोजना गरेको कार्यक्रमलाई अवरोध गर्न जाने क्रममा मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा (एमाले)को कार्यक्रममा अवरोध गर्न खोज्ने क्रममा मधेसी मोर्चाका १७ जना नेता, कार्यकर्तालाई सिरहा प्रहरीले पक्राउ गरेको हो ।

एमालेका पोलिटब्युरो सदस्य एवम् राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामप्रित पासवान, सांसद रामचन्द्र यादव, केन्द्रीय सदस्यहरु लीलानाथ श्रेष्ठ, धर्मनाथ यादवलगायतका नेताहरुको उपस्थितिमा लहानस्थित नगरसभा हलमा आयोजित कार्यक्रममा अवरोध गर्न खोजेपछि मोर्चाका १७ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

याे पनि पढ्नुस  बाढीले ह्युमपाइप बगाउँदा सडक अवरुद्ध

कार्यक्रममा अवरोध गर्न जाँदा बाटोमै रोकेर मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक हीराबहादुर पाण्डेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्