निर्वाचन निष्पक्ष हुनेछ : प्रमुख आयुक्त

काठमाडौँ, चैत २६। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन हरपल प्रयास गरेको र सम्बन्धित सबैबाट पनि त्यस्तै सहयोगको अपेक्षा गरेको बताएका छन् ।

रिपोर्र्टर्स क्लब नेपालको १९औँ वार्षिकोत्सव समारोहमा बोल्दै डा. यादवले निर्वाचन आयोग तयारीका हिसाबले निर्वाचनका लागि दिन गन्ती सुरु गरी अत्यन्तै मेहनतका साथ मध्यचरणमा पुगेको जानकारी दिएका छन् ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली स्वीकृत भइसकेको उनले बताए ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, “ऐतिहासिक यो महान अभियानको जिम्मेवारीलाई पूरा गर्न आम नागरिक, राजनीतिक दल र सबैपक्षबाट सहयोग र सद्भाव होस् ।

उक्त निर्वाचन चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिकामा एकै चरणमा एउटै समयमा हुँदैछ ।

स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा प्रदान गर्न निर्वाचन आयोगले महिला स्वयंसेविका, मातृशिशु कार्यकर्ता र शिक्षक\शिक्षिका परिचालन गर्दैछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: