वैशाख ३१ चुनाव पक्का : उप्रधानमन्त्री थापा

लमजुङ चैत २६ । उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते जसरी पनि हुने दाबी गर्र्दै त्यसमा कुनै शकां नगर्न आग्रह गरेका छन् ।

लमजुङमा स्थानीय तहका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थापाले वैशाख ३१ मै चुनाव हुने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका छन् ।

थापाले भने, “वैशाखमा निर्वाचन हुँदैन की भनेर शङ्का नगरौ, सबैतिरबाट चुनावको तयारी तीव्र भइरहेको छ ।”

निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र पारेको र सरकारले सक्दो सहयोग गरेको उनले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: