आर्मीलाई पछार्दै झापा ११ लाई उपाधि

चैत २६ – तेस्रो माइभ्याली गोल्डकप फुटबलको उपाधिका लागि नेपाल आर्मीलाई पछाडी पार्दै झापा ११ ले उपादी हासिल गरेको छ । शनिबार इलामको ठूलो टुँडिखेलमा भएको खेलमा विभागीय टिम नेपाल आर्मीलाई टाइब्रेकरमा ४–२ ले हराउँदै झापा ११ ले उपाधि जित्न सफल भएको हो ।

निर्धारित र त्यसपछि थपिएको अतिरिक्त सयममा दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । झापाले उपाधिसहित ४ लाख रुपैयाँ पाएको छ ।

उपविजेता नेपाल आर्मीले भने साढे २ लाख रुपैयाँ पाएको छ । झापा ११ ले गएको वर्ष पनि उपाधि जितेको थियो । आर्मीले नेपाल पुलिस क्लब र झापाले एपिएफलाई हराएर फाइनलमा स्थान बनाएका थिए ।

झापाले यस वर्ष काँकडभिट्टा गोल्डकपको उपाधि पनि जितेको थियो ।

कमेन्ट गर्नुहोस्