एमालेको भ्रममा नलाग्न जनतालाई कांग्रेस सभापति देउवाको आग्रह

धनगढी, चैत्र २६ । कांग्रेस सभापति शेरवहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेले जातीय र सामाजिक विद्वेस फैलाउने गरी भ्रम गर्दै हिँडेले त्यस्ताको भ्रममा नपर्न नेपाली जनतालाई आग्रह गरेका छन् ।

निर्वाचनको मुखमा आएर सामाजिक तथा जातीय विद्वेसले लोकतन्त्र र गणतन्त्र कमजोर हुने भएकाले यस्तो किसिमको भ्रम नफैलाउन नेकपा एमालेलाई पनि सभापति देउवाले आग्रह गरे । यस्तो विषयमा सबैले गम्भिर भएर लाग्नुपर्ने समय आएको भन्दै सभापति देउवाले भने, ‘पहाड, तराइ, हिमाल सबै नेपाली भएकाले कसैको पनि आत्मसम्मानमा चोट पुर्‍याउने काम गर्नु उचित हुँदैन ।’

नेपाली कांग्रेसले आइतबारदेखि शुरु गर्न लागेको देशव्यापी आमसभामा सहभागी हुन धनगढी पुगेका कांग्रेस सभापति देउवाले पत्रकार सम्मेलनमा एउटा नेपालीले अर्काे नेपालीको आत्मसम्मानमा ठेस पुग्ने काम गर्नु नहुने र त्यस्तो काम नेकपा एमालेले गर्ने कोशिस गरिरहेकाले त्यो भ्रममा नपर्ने उनले आग्रह गरेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासहित धनगढी विमानस्थलमा भएको पत्रकार सम्मेलनमा देउवाले निर्वाचन हुनेमा शंका नगरी ढुक्क हुन आग्रह गरेका थिए । देउवाले भने, ‘मधेसवादी दल निर्वाचनमा आउने भएपछि निर्वाचन दुई चरणमा पनि हुनसक्छ ।’

मधेसवादी दलहरुले निर्वाचनमा आउनुको अर्को विकल्प नरहेको बताउँदै सभापति देउवाले उनीहरु आए दुई चरण निर्वाचन हुने नआए पनि निर्वाचन नरोकिने बताएका छन् ।

कांग्रेसको प्रमुख चुनावी मुद्दा विकास र लोकतन्त्रको संस्थागत विकास भएको पनि देउवाले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: