बौद्धमा क्याफेमा झगडा, एकको मृत्यु

काठमाडौं, चैत २६ । काठमाडौं महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित क्याफे निरभानामा खानपिनको क्रममा सामान्य विवादले उग्र रुप लिएपछि एक जनाको ज्यान गएको छ । दुईपक्षीय झगडामा कुटपीटबाट गम्भीर घाइते भएका एकजनाको उपचारकाक्रममा शनिबार मृत्यु भएको प्रहरीले बताएको छ ।

शुक्रबार साँझ खानपिन भइरहेकाबेला क्याफे सन्चालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ का नुर्बु शेर्पालगायत ६ जनाले बौद्ध बस्ने पेम्बा शेर्पालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

उनको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न क्याफे सन्चालक लामासहित ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी, लागुऔषध नाइट्रोभेट ५० पत्ता (एक हजार पाँचसय ट्याब्लेट)सहित प्रहरीले शनिबार एकजनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा सप्तरी इटहरि विष्णुपुल–८ का रुपेश यादव रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: