म्यादी प्रहरीलाई पोशाक किन्न नगद दिइने

काठमाडौं, चैत २७ । निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी छानिएपछि प्रहरी प्रधान कार्यालयले पोशाकका लागि भने नगद दिने बताएको छ ।

प्रायः सबै जिल्लामा छानिइसकेका म्यादी प्रहरीलाई आइतबारबाट सुरक्षा तालिम दिने योजना भएपनि तिनका लागि प्रहरी प्रधान कार्यालयले पोसाक उपलब्ध नगराएको आजको कान्तिपुर समाचार दैनिकमा प्रकाशित छ । अगाडि उल्लेख छः त्यसको बदला तोकिएको रंगको कपडा किन्न नगदै वितरण गरिने तयारी थालिएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले सकेसम्म आइतबारबाटै नसके सोमबारबाट तालिम सुरु गरिने बताए । म्यादी प्रहरी छनोट र तालिमको काम सुरु हुनै लाग्दा त्यसका निम्ति बन्दोबस्तीका सामान र आवश्यक बजेट परिसरले पाएको छैन । यस्तै अवस्था छ, देशैभरिका सबै जिल्ला प्रहरी कार्यालयको । प्रहरी परिसर काठमाडौंले २७ सय ५८ म्यादी प्रहरीलाई काठमाडौंमा रहेका विभिन्न १८ प्रहरी वृत्त र चौकीमा तालिम दिनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: