कुनै शक्तिले पनि निर्वाचन रोक्न सक्दैनः बादल

चितवन, चैत २७ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सगठन विभाग प्रमुख रामबहादुर थापा (वादल)ले स्थानिय निर्वाचनलाई कुनै शक्तिले पनि रोक्न नसक्ने दावी गरे ।
स्थानिय चुनाव कुनै पनि हालतमा सम्पन्न हुन्छ उनले भने । जनताको अधिकार स्थापित गर्न यो एक मात्र विकल्प हो । यसकारण कसैले पनि रोक्न सक्दैनन् ।

पूर्वी चितवनको माओवादी केन्द्र रत्ननगर–१२ को वडा भेला तथा सुकुम्बासीहरुको लागि सामुदायिक भवन सिलान्यास कार्यक्रममा बोल्दै माओवादी जहिले पनि जनताको अधिकार स्थापित गर्न तत्पर रहेको बताए ।

वार्ड अध्यक्ष जनक वरालको अध्यक्षता सम्पन्न भेला मा माओवादी केन्द्र सुर्य सुवेदी पथिक, कञ्चन खनाल, बिबेक, संगिता, सुवोध, ओम लामिछाने लगायतले बोलेका थिए । कार्यक्रममा सुदिप लामिछाने, डिल्लीराम आचार्य, कृष्णप्रसाद घिमिरे लगायतका व्यक्तिहरु बादलले अविर र खादा लगाएर स्वागत गरेका थिए ।

वडा अध्यक्षमा भिमसेन
भेलाले भिमसेन पौडेलको अध्यक्षतामा २५ सदस्यीय नयाँ वडा कमिटी पनि गठन गरेको छ । जसको उपाध्यक्षमा विष्णु वराल, सचिवमा उमेश कोईराला, सहसचिवमा चन्द्रकला पनेरु, कोषाध्यक्षमा सुशील तिवारी सहित २५ सदस्यीय वडा कमिटि गठन गरेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: