युबा संघ अन्नपूर्णको भेला सम्पन्न

पोखरा, चैत्र २७
नेकपा एमाले निकट युवा संघको अन्नपूर्ण गाउँपालिका भेला सम्पन्न भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको भेलाले शिव अधिकारिको संयोजकत्वमा ३३ सदस्यीय गाउपालिका कमिटी गठन गरेको छ । कमिटिको सहसंयोजकमा नवराज केसी, सचिवमा शिव देवकोटा, सहसचिव खेम कुँवर र कोषाध्यक्ष अर्जुन बिक रहेका छन् ।

केन्द्रीय अध्यक्ष राजीव पहारीले उद्घाटन गरेको भेलामा बोल्दै पहारीले देश र जनताको समृद्धि एमालेबाट मात्रै सम्भब भएको दावी गरेका थिए । देशका ७५ जिल्ला नै युबा संघले एमालेको लाल किल्ला बनाएरै छाड्ने उनले बताए ।

कार्यक्रममा युबा संघ केन्द्रिय सचिबालय सदस्य रमेश आचार्य अनेरास्ववियु केन्द्रिय सदस्य भरत गुरुङ,संघका जिल्ला अध्यक्ष बिष्णु पुन,जिल्ला सचिब डिल्लिराम सुवेदी,कास्की क्षेत्र न ४ अध्यक्ष पान बहादुर जि सि लगायतले सम्बोधन गरेका थिए ।
संघको कास्की सचिवालय सदस्य शिव अधिकारीको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत शिव देवकोटा र सन्चालन नबराज केसीले गरेका थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: