विद्रोही नयाँ शक्तिले कार्यविभाजन गर्यो, यस्ता छन् नयाँ संयोजकहरु

काठमाडौं, चैत २७ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबाट विद्रोह गरेर समानान्तर नयाँ शक्ति गठन गरेको निर्मल भट्टराई समूहले जिम्मेवारी बाँडफाड गरेको छ ।

पार्टीले दिएको जानकारी अनुसार, पार्टीका संयोजक निर्मल भट्टराईको अध्यक्षतामा बसेको केन्द्रिय सचिवालय बैठकले पार्टी प्रवक्तामा हरिराम रिमावललाई तोकेको छ ।

यसैगरी उपत्यका विशेष प्रदेशमा अशोक राज ढुङ्गेल प्रदेश नस् १ मा मुनिन्द्र बस्नेत , प्रदेश नस् २ मा आदित्य झा, प्रदेश नस् ३ मा कृष्ण भट्टराई र उमेश खनाल , प्रदेश नस् ४ मा चन्द्रदेब ओझा, प्रदेश नस् ५ मा माधब घिमिरे र ओम प्रकाश गुप्ता , प्रदेश नस् ६ मा हरिलाल शर्मा , प्रदेश नस् ७ मा मोहन बमलाई जिम्मेवारी दिएको छ ।

पार्टीले जनवर्गीय संगठनहरुको समेत जिम्मेवारी र कार्यविभाजन गरेको छ ।
जस अनुसार, युवामा सुरज थापा र मिलन बोहरा , विद्यार्थीमा रमेश भण्डारी , महिला बिभागमा बिमला अर्याल, लक्षित बर्गमा रामराज मगराती, बिदेश बिभागमा दिपेश न्यौपाने ,केपि गुप्ता र पदम अधिकारी रहेका छन् । उपत्यका सम्पर्क बिभागमा सुरज ध्वज थापा लाई जिम्मेवारी तोकेको छ।
त्यसैगरी बैठक ले निर्मल भट्टराई , हरिराम रिमाल , मुनिन्द्र बस्नेत , चन्द्रदेब ओझा , अशोक राज ढुङ्गेल, कृष्ण भट्टराई , राम राज मगराती , माधब घिमिरे , सुरज ध्वज थापा रहेको वार्ता समिती पनि निर्वाण गरेको छ।

वार्ता समितिलाई मुद्दा मिल्ने राष्ट्रिय पार्टीहरु संग छलफल गरेर समायोजन, कार्यगत एकता वा त्यो सम्भब नभए कम्तीमा चुनाबी तालमेल गरेर आफ्ना उम्मेद्बारहरुलाई जित्ने वातावरण बनाउने सम्मको अधिकार प्रत्यायोजन गरिएको प्रबक्ता रिमाल ले जानकारी दिनुभयो । बैठकले तोकिएकै मितिमा चुनाब सम्पन्न गर्न वातावरण बनाउन सरकारसंँ माग गरेको

कमेन्ट गर्नुहोस्

%d bloggers like this: