मलेसिया रहेका व्यवसायीलाई हाइड्रोमा लगानी गर्न उर्जामन्त्री शर्माको आग्रह

मलेसिया, चैत २७ । उर्जामन्त्री जनार्दन शर्माले नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । शनिबार मलेसिया आइपुगेका मन्त्री शर्माले मलेसियामा कार्यरत नेपालीलाई विद्युतमा लगानी गरे सरकारले लगानी वातावण बनाउने प्रतिवद्धता जनाए ।
शर्माले नेपालले विकासको गति लिन शुरु गरेको र कसैले चाहेर पनि लोडसेडिङ गराउन नसक्ने दाबी गरे । उनले भने-‘यदि कसैले फेरि लोडसेडिङ गर्न चाह्यो भने जनता आफैं जाग्ने छन र त्यसको प्रतिवाद गर्नेछन ।’ आफू मन्त्री भएपछि नेपाललाई अन्धकारबाट उज्यालोतर्फ अगाडि बढाएकोले विदेशमा व्यवसाय गरेका नेपालीबाटै लगानी वृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।

‘नेपालमा सन् २०४० मा ६६ हजार मेगावाट विजुली चाहिन्छ, नेपालमा अहिले १५ सय मेगावाट मात्र छ, त्यसैले पनि लगानी गर्नुहोस्,’ शर्माले भने ।

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जनमान सिंह बस्यातले नेपालमा लगानी गर्ने राम्रो अवसर भएको र मलेसियामा रहेको नेपाली दुतवासले मलेसियाबाट नै धेरै कुरामा लगानीकर्ताहरुलाई सहयोग गर्ने बताए ।

उनले भने,’लगानीकर्ताहरु दूतावास आउनुहोस हामी तपाईंहरुलाई सहयोग गर्नेछौ ।’ कार्यक्रममा नेपालमा लगानी गर्न चाहने मलेसियनहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा उनले एनआरएन र दुतावासले नेपालको हाइड्रोको क्षेत्रमा लगानी गराउन मलेसियामा कार्यरत नेपालीलाई वातावरण बनाइदिनुपर्ने बताए ।

मलेसियाको क्वालालम्पुरमा गैर आवसिय नेपाली संघ मलेसिया र नेपाली राजदूतावास मलेसियाले गरेको नेपालको उर्जा क्षेत्रमा एनआरएन मलेसिया र व्यावसायीहरुको लगानी सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्रीले निर्धक्क भएर लगानी गर्न आग्रह गरेका हुन् । कार्यक्रममा लगानीकर्ताहरुले नेपाल सरकारले लगानी वातारण बनाए हाइड्रोको क्षेत्रमा लगानी गर्ने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: