कतारमा कार्यक्रम गरेर सुरु गरियो ‘सीमानामा काँडेतार’ अभियान

दोहा, चैत २७ । खुल्ला सीमानाका कारण नेपालीले पटक–पटक ज्यान गुमाउनुपरेको, नेपाली भूमि अतिक्रमणमा परेको भन्दै प्रवासी नेपालीहरुले काँडेतार लगाउने अभियान सुरु गरेका छन् ।

कतारमा आयोजित एक कार्यक्रमबाट प्रवासी नेपाली युवाहरुले ‘काँडेतार अभियान’ को अन्तराष्ट्रिय तदर्थ समितिको घोषणा गरेका हुन् ।

काँडेतार अभियानको संयोजक राजु डुम्रेको संयोजकमा अन्तराष्ट्रिय तदर्थ समिति बनाएका हुन् ।

नेपाली चलचित्रका नायक नवल खड्का सीमानामा काँडेतार अभियान नेपालका संयोजक रहेका छन् ।

नेपाली सीमानामा पटक–पटक सीमा मिचिने मात्रै होइन नेपालीमाथि गोली चलेपछि सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको डुम्रेले जानकारी दिए ।

भारतको सीमा सुरक्षा बलले गत फागुन २६ गते बिहीबार नेपालको सीमा अतिक्रमण गरी नेपाली भूमिमा प्रवेश गरेर कञ्चनपुरको पुनर्वास नगरपालिका -८ आनन्द बजारका गोविन्दप्रसाद गौतमको हत्या गरेको थियो ।

कार्यक्रममा अन्तराष्ट्रिय संयोजक राजु डुम्रेले घोषणा पत्र प्रस्तुत गरेका थिए । ‘हामी चरणबद्घ सीमानमा काँडेतार अभियानको प्रस्थान बिन्दुमा छौ,’ उनले भने, ‘पहिलो चरणमा नेपाल भारत सीमानको एक हजार ६ सय ९० माइलको लामो सीमानमा तारवारको थालनी गर्न सरकारलाई दवाव दिनेछौ ।’

यस अभियानलाई पहिलो पटक कतारबाट घोषणा गरिएको छ भने यूएईबाट सहयोगको प्रतिबद्घता आएको छ । अभियानको घोषणा कार्यक्रमका लागी कतार आएका नवल खड्काले मृत्युलाई हातमा लिएर अगाडि बढ्ने बताएकाछन् ।

‘नेपालमा हुने हरेक घटनाहरुले प्रवासमा रहेका नेपालीहरुलाई धेरै पीडाबोध हुने महशुष गरेको छु’ उनले भने,’नेपालको सीमानामा नै आएर नेपालीहरुको हत्या हुने गतिबिधीले जोकोही नेपालीहरुलाई पनि दुखित बनाउने गरेको छ ।’

काँडेतार लगाएपछि अत्याधुनिक मनिटरीङ प्रणाली जडान गर्न र त्यसको रक्षा गर्न नेपाली सेनालाई परिचालन गर्न सरकारलाई दबावा दिने अभियानको लक्ष्य रहेको उनले बताए ।

सीमानामा भारतीय अतिक्रमणको बिरोधसंगै काँडेरतार लगाउनु पर्ने भन्दै यो अभियान पहिलो पटक कतारबाट सुरु गरिएको हो ।

कार्यक्रममा भारत र चीनको खुल्ला सीमानामा पर्खाल वा काँडेतार लगाउनुपर्ने र त्यसका लागि सरकारको ध्यानाकर्षण गराउनपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा भियानका मध्यपूर्व संयोजक तथा केन्द्रीय प्रवक्ता सुशिल खड्का, डिल्लीराम भट्टराई, बुद्दिजिवी तथा समाजसेवी बुधबल गुरुङ्ग , होमनाथ शर्मा , धिरज चाम्लीङ्ग , सुस्मिता भुषाल , तिलबिक्रम थेवे , श्रीकृष्ण भट्टराई , रेगिस्तानी कवि तिर्थसंगम राई र नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: