विश्व बजार सुनको भाउ बढ्यो तर नेपालमा घट्यो

काठमाडौं, चैत २७ । विश्व बजारमा सुनको भाउ बढेपनि नेपालमा भने घटेको छ । नेपाल सुन चाँदी व्यावसासी महाँसंघले दिएको जानकारी अनुसार आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।
गत विहीबारदेखि प्रतितोला ५४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मूल्य आइतबार भने तोलामा ५ सय रुपैयाँ घटेको हो ।

विश्व बजारमा भने सुनको मूल्य ५ महिना यताकै उच्च भएको छ । तीन दिनको लगातारको वृद्धि पछि विहीबार मूल्य घटेको सुन शुक्रबार भने ५ महिनायताकै उच्च भएको छ । भारतीय कमोडिटी बेजारमा विहीबार प्रति १० ग्राम १ सय २५ भारुले घटेर सुनको मूल्य शुक्रबार एकै दिन २९ हजार २ सय ७५ रुपैयाँ पुगेको थियो । अन्तराष्ट्रिय बजारमा सो दिन प्रतिऔंस सुन १ हजार २ सय ५३ अमेरिकी डलर रहेको थियो ।

कमेन्ट गर्नुहोस्