प्रधानमन्त्री भन्छन्-एनसेल करबारे मन्त्रिपरिषदले कुनै निर्णय गरेको छैन

काठमाडौं, चैत २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिद बिक्रीका क्रममा उठाउनुपर्ने करबारे मन्त्रिपरिषदमा कुनै निर्णय नभएको बताएका छन् ।

एनसेल खरिद बिक्रिमा कर छली भएको भन्ने सम्बन्धमा जवाफ दिन संसदको सार्वजनिक लेखा समिति पुगेका प्रधानमन्त्रीले राज्यले उठाउने करमा कुनै सम्झौता नहुने स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा एनसेलको अहिलेको कम्पनी आजियाटाले पुरानो कम्पनीबाट उठाइयोस भनेर निवेदन दिएको भन्दै उनले भने, ‘मन्त्रिपरिषदमा मौखिक रुपमा छलफल मात्र भएको हो, लिखित प्रस्ताव पुगेको भन्ने प्रचारमा कुनै सत्यता छै ।’

उनले क्रेताबाट नभइ बिक्रेताबाट लाभकर उठाउने सरकारले प्रयास मात्र गरिएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले क्रेता-बिक्रेता दुबैलाई राखेर लाभकर कसले तिर्ने भन्ने बारे छलफल गरी टुंगोमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विक्रेताबाट तिर्नुपर्ने कर क्रेताबाट तिर्नुपर्ने भन्ने पत्र आएकाले विषयको गम्भिरताबारे मन्त्रीपरिषदमा छलफल भएको बताए ।

सो प्रकरणमा सरकारको संलग्नता देखिएको भन्दै समितिले छलफलका लागि प्रधानमन्त्रीलाइ बोलाएको थियो ।

सो क्रममा उहाँले सम्भव भएसम्म क्रेता र विक्रेता दुबैलाई बोलाएर छलफल गर्नुपर्ने तर त्यसो नभएपनि एनसेल यही भएकोले कर असुल्न समस्या नहुने प्रधानमन्त्रीको भनाई छ ।

नेपालमा लगानी भित्र्याउन विभिन्न सम्मेलन हुदै गर्दा यस्तो विषयमा चाडै निर्णय नगर्दा नकारात्मक असर पर्नेतर्फ समेत सचेत हुनुपर्ने उहाँको भनाई थियो ।

यसअघिको बैठकमा उपस्थित उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एनसेल खरिद बिक्री सम्बन्धमा कर तिर्न नपर्ने विवादास्पद निर्णय प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदमा लगेको बताएपछि समितिले प्रधानमन्त्रीसँगै त्यसको जवाफ माग गरेको हो ।

कमेन्ट गर्नुहोस्