गाडीको ठक्कर एकको मृत्यु, १५ घाइते

बर्दिया, चैत २७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोतीपुरमा गाडीले ठक्कर दिँदा साइकलमा सवार एक युवकको आज मृत्यु भएको छ भने गााडीमा सवार १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका– ९ गौतम चोकमा बा १ ज ५२०१ नंको गाडीले ठक्कर दिँदा २०– २२ वर्षीय युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले बताउनुभयो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको सो गाडीले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिएलगत्तै अनियन्त्रित भई गाडी पल्टिँदा १५ जना घाइते भएकामा पाँच जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ भने अन्य १० सामान्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: