लोकदोहोरी कोसेली “भेट्नलाई आउ है कान्छा ” गीत सार्वजनिक (भिडियोसहित )

काठमाडाैँ, चैत २७ । काठमाडौँको बतासे डाँडोको नजिकै पर्ने एक घरको ज्यालमा चियाएर युवतीले ड्रेस चेन्ज गरेको हेर्ने मेरी बास्सैका चर्चित कलाकार राजु मास्टर र बल्छी धुर्बेलाइ युवतीका दाइले राम धुलाई गरेका छन् ।

प्रसङ्ग म्युजिक भिडियोको हो देवी घर्ती र बिशाल बास्तोलाको आवाजमा रहेको लोक दोहोरि कोशेली “भेट्नलाई आउ है कान्छा ” भन्ने बोल रहेको गीतको छायांकन सम्पन्न भर्इ युट्युब भिडियो सार्वजनिक भएको छ ।

अहिलेसम्मकै नयाँ रुपमा अर्थात् आफ्नो बास्तबिक रुपमा पहिलो पटक कलाकार राजु मास्टर र बल्छी धुर्बेलाइ निर्देशक बिष्णु भट्टराईले प्रस्तुत गरेका छन् ।

राजु मास्टर , बल्छी धुर्बे ,आशा खड्का,दलबहादुर,राजु चौलागाई लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको भिडियोमा बासु बरालको छायांकन रहेको छ ।

अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा दृश्य निर्माण रहेको भिडियो काठमान्डौको नजिकै पर्ने बतासे डादो सेरो फेरोमा छायांकन गरिएको छ ।

केहि रमाइला र हास्यास्पद  सम्बाद सहित तयार गरेको भिडियो पक्कै पनि दर्शकलाई मनपर्ने निर्देशक बिष्णु भट्टराईको भनाइ छ ।

यसभन्दा पहिले ३ ओटा गीत बजारमा ल्याइसकेका भएपनि गायक बिशाल बास्तोलाले यो गीत बाट दर्शक श्रोताको माया र साथ् पाउने बताउछन ।

हेरौ सार्वजनिक भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: