मैत्री र करुणालाई ध्यान दिएर समाज विकासमा लाग्नुपर्छ : राष्ट्रपति

काठमाडौं, चैत २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिंसा मैत्री र करुणालाई ध्यान दिएर समाज विकासमा लाग्नुपर्ने बताएकी छन् ।

जैन धर्म गुरुको २६१६ औं जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी राष्ट्रपति भण्डारीले मानव समाजलाई सत्मार्गमा हिंडाउनु पछिल्ला दिनमा चुनौती बन्दै गइरहेको बताएकी हुन् ।

उनले मानवलाई सत्मार्गमा हिंडाउँदै सद्चरित्रवान बनाउने यस्ता महान बिचारकहरुका बिचारलाई अबका पुस्तासम्म पु¥याउन आवश्यक रहेकाे बताइन् ।

 

कमेन्ट गर्नुहोस्