मोदी गाउँपालिकामा वाइसिएल कमिटी गठन

चैत्र पर्वत २७ । पर्वतको मोदी गाउँपालिका पातिचौरमा ने.क.पा. (माओवादी केन्द्र) सम्वद्ध युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लीग (वाइसिएल) को भेला सम्पन्न भएको छ । भेलाले बलराम नेपालीको नेतृत्वमा २७ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ ।

नेपालीको संयोजकत्वमा गठित समितिको सचिवमा माधव चापागाईं, कोषाध्यक्षमा श्याम पुन, सदस्यहरुमा तीर्थबहादुर नेपाली, लालबहादुर नेपाली, विकास नेपाली, पसबहादुर परियार, शैलेन्द्र तिमिल्सिना, गोकर्ण नेपाली, आशिष परियार, गुरुदत्त तिवारी, बिशाल बि.क., बिक्रम बि.क., अमृत बि.क., धनबहादुर पुन, नवीन पुन, शिब केसी ओमबहादुर कुंवर, बुद्धि अधिकारी, नवीन बि.क., रामबहादुर पुन, मनोज चापागाई, गंगा फगामी पुन, रामचन्द्र तिमिल्सिना, दीपक सुनार रहेका छन् ।

भेलामा बोल्दै माओवादी केन्द्र पर्वतका ईन्चार्ज नेत्रनाथ अधिकारीले माओवादी जनयुद्धकै बलमा जनतामा जागरण आएको भन्दै सिंहदरबारको अधिकार गाउँमा आउनु ऐतिहासिक उपलब्धि भएको बताए । त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य मनहरि तिमिल्सिनाले मोदी गाउँपालिकाको मुहार फेर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको बताए । तिमिल्सिनाले भने, ‘जनता राजनीतिक दलहरु मिलुन्, सबैको एकताका बलमा देशले प्रगति हासिल गरोस् ।’ कार्यक्रममा माओवादी नेताहरु मनबहादुर पौडेल, गंगा तिमिल्सिना, विद्यार्थी नेता विजय सापकोटा लगायतले माओवादी नेतृत्वको सरकारले देश नै उज्यालो यात्रामा रहेको बताउँदै देशको जिम्मेवारी माओवादीको काँधमा आएको बताए ।

कमेन्ट गर्नुहोस्