डिपिएल क्रिकेट धनगढीमा सुरु

काठमाडौं, चैत २७ । धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेटको पहिलो संस्करण कैलालीको धनगढीमा आइतबारदेखि सुरु भएको छ ।

नेपालका विभिन्न शहरलाई प्रतिनिधित्व गर्ने ६ टोलीलाई उक्त प्रतियोगितामा सहभागी गराइनेछ ।

क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय खेलाडीहरुको टोली नेपाल एघारले आयोजकको टोली धनगढी ११ बीच भएको छ भने अन्य प्रतिष्पर्धात्मक खेलहरु भने भोलि सोमबारदेखि सुरु हुनेछ ।

खेलहरु बैशाख ४ गते सकिनेछ भने त्यसपछि प्ले अफका खेलहरु सुरु हुनेछन् । प्रतियोगिताको फाईनल खेल बैशाख ९ गते हुनेछ ।

खेलबाट उठेको पैसाले धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्