पिपुल्स क्याम्पसमा स्ववियु चुनावका लागि सर्बोच्चले दियो आदेश

काठमाडौं, चैत २७ । राजधानीको पकनाजोलस्थित पिपुल्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन गराउन सर्बोच्चले आदेश दिएको छ ।

विद्यार्थी विवादपछि क्याम्पस प्रशासनले रोक्का गरेको उक्त चुनावलाई विद्यार्थी विवादका कारण टुंगो लाग्न नसकेको उक्त क्याम्पसमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आइतवार आदेश दिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

क्याम्पस प्रशासनले चुनाव हुन नदिएको भन्दै स्ववियु सभापतिका प्रत्याशीहरु अनेरास्ववियुका आदित्य बोहोरा र नेविसंघका अरुण घलेले संयुक्त रुपमा रिट दायर गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: