किन खाेज्दैछन् आमिरले रजनीकान्तसँग जोहोरी

चैत २७ । आमिरले निर्माण गरेको पछिल्लो फिलिम ‘सेक्रेट सुपरस्टार’ को प्रदर्शन मितिले रजनीकान्तको फिलिमसँग टक्कर लिने भएको छ । आमिरले आफ्नो मूभिका लागि आउँदो दिवालीमा सार्वजनिक गर्ने भएका छन् ।

फिल्मका लागि अभिनेता समेत रहेका आमिरले फिल्म रिलिज टार्गेट दिवाली बिदालाई बनाएका छन् । यसअघि नै रजनीकान्त र अक्षय कुमार अभिनित २.० युनिट दिवालीका लागि घोषणा भएको छ।

२०१७ को अगस्ट ४ का लागि ‘सेक्रेट सुपरस्टार’ रिलिज हुने भनिएको थियो । पुनः निर्माण युनिटले २.० सँगैको रिलिज टार्गेट गर्‍यो । अन्ततः यी दुई फिलिमहरु प्रदर्शनमा जुध्ने भएका हुन् ।

उसो त यी दुई फिलिम मात्रै होइन जुध्न लागेका, अगस्ट ११ मा अक्षय कुमारको ‘ट्विलाइट’ र शाहरुख खानको ‘द रिङ्’ सार्वजनिक हुँदैछन्।

यि दुई सुपरस्टारको फिल्म एक साथ प्रदर्शन हुँदा आफ्नो फिल्मको दोस्रो सातालाई असार पर्ने ‘सेक्रेट सुपरस्टार’ युनिटले जनाएको छ। बलिउड हंगामाका अनुसार नयाँ रिलिजलाई हलहरुले प्राथमिकतामा राख्ने भएकाले आफ्नो शो सुरक्षित राख्न रिलिज टार्गेट सारिएको हो।

म्युजिकल ड्रामा सेक्रेट सुपरस्टारलाई किरण राओ र आमिर खानले संयुक्त रुपमा निर्माण गरेका हुन्। अदबेद चन्दनको लेखन तथा निर्देशन रहेको फिल्ममा आमिरसँगै शाहहेद बालोक् र मेहेर भिजको मुख्य अभिनय रहेको छ।

आउँदो दिवालीमा फिल्म ‘गोलमाल अगेन’ पनि सार्वजनिक हुने हल्ला छ।

कमेन्ट गर्नुहोस्