जम्मा ४० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं, चैत २८ ।   स्थानीय तह निर्वाचनको लागि अब ४० लाख मतपत्र छाप्न काँकी छ । १ करोड २० लाख मतमत्र छाप्ने काम सकिएको छ ।

निर्वाचन आयोगले मतपत्र छाप्ने जिम्मा जनकशिक्षा सामाग्री केन्द्रलाई दिएको छ ।

छपाइका लागि जिम्मा पाएको करिब १ करोड ६० लाख मतपत्रमध्ये १ करोड २० लाख छापिसकेको जानकारी आयोगका सचिव गोपीनाथ मैनालीले दिए ।

मैनालीले आइतबारसम्म अधिकांश जिल्लाको मतपत्र छपाइ काम सकेर केही जिल्लामा पठाउनका लागि प्याकिङको काम समेत भइसकेको बताए ।

यो खबर आजको नागरिकमा छ ।

कमेन्ट गर्नुहोस्