सशस्त्र प्रहरीका डिएसपी सवार जीप दुर्घटना, हवल्दारको मृत्यु

दोलखा, चैत २८ । दोलखामा शसस्त्र प्रहरीका डिएसपी चढेको हाइलक्स जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुने प्रहरी हवल्दार मोहनबहादुर घिमिरे रहेको प्रहरीले पुष्टि गरेको छ ।

उक्त जीपमा माथिल्लो तामाकोशी सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीका डीएसपी शम्भूजंग थापा सहित उनका सहयोगी सवार थिए ।

दुर्घटनामा डीएसपी थापा र सशस्त्र प्रहरी जवान शिव कसवार माझी गम्भीर घाइते भएका छन् ।

दोलखा सदरमुकाम चरिकोटबाट सिंगटी जाँदै गरेको बा ९ च ९३६० हाइलक्स जीप दोलखा–सिंगटी सडक अन्तर्गत झमासी खोलामा बिहान ८ बजे दुर्घटना भएको हो ।

दोलखा प्रहरी प्रमुख रविन कार्कीले जीप तीब्र गतिमा रहेकाले दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: