मध्यरातमा डलरसहित नेपाल एयरलाइन्सका बरिष्ठ पाइलट पक्राउ

काठमाडौं, चैत २८ । नेपाल एयरलाइन्सका वरिष्ठ पाइटल अवैध डलरसहित पक्राउ परेका छन् । आइतबार राति ११ बजे एयरलाइन्सका बरिष्ठ पाइलट सुवर्ण अवाले ९३ हजार ६ सय डलरसहित पक्राउ परेका हुन् ।

आरए २२९ जहाजको काठमाडौं–दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी नवराज कार्कीका अनुसार अवालेलाई राति साढे २ बजे गौशाला प्रहरीमा ल्याइएको थियो । बिहान फेरि थप अनुसन्धानका लागि उनलाई प्रहरीले एयरपोर्ट नै लगेको छ ।

अवालेको ठाउँमा नेपाल एयरलाइन्सले महेशमान डंगोललाई क्याप्टेन बनाएर पठाएको छ ।

पक्राउ परेका अवालेका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्