सीवाइसीद्वारा काठमाडौं गोल्डेन्स ४० रनले पराजित

धनगढी, चैत २८ । नेपालकै पहिलो व्यावसायिक धनगढी प्रिमियर लीग क्रिकेट (डिपीएल)को पहिलो खेलमा सीवाइसी अत्तरीया ४० रनले विजयी भएको छ ।

सोमबार बिहान धनगढीको अञ्चल प्रहरी खेल मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको सीवाइसी अत्तरियाले निर्धारित बीस ओभरमा ६ विकेट गुमाइ १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पछ्याएको काठमाडौं गोल्डेन्स १८ ओभर चार बलमा अलआउट हुँदै १०६ रन मात्रै बनाएर ४० रनले पराजित भएको हो ।

सीवाइसी अत्तरियाबाट अविनाश बोहराले ४ र विनोद लामाले ३ विकेट लिए । सिवाइसी ज्ञानेन्द्र मल्ल तथा काठमाडौं गोल्डेन्स बसन्त रेग्मीको कप्तानीमा रहेको टीम हो ।

कमेन्ट गर्नुहोस्