‘संविधान पास गराउन एमालेसँग कुनै सहमति भएको छैन्’ !

इलाम, चैत २८ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको भन्ने प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी इलामले सदरमुकाममा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संविधान संशोधनको विषयमा एमालेले पहिलेदेखि नै लिएको अडान अहिले पनि कायमै रहेको बताए । उनले भने-‘संविधान पास गराउन एमालेसँग कुनै सहमति भएको छैन् ।’

संविधान संशोधनको कुरा बेमौसमको बाजा भन्दै महासचिव पोखरेलले संशोधनको कुरा गरेर सरकार स्थानीय तहको निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाए ।

‘प्रधानमन्त्रीले दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ, यो कदापि स्वीकार्य छैन्, चुनाव हुन नदिने षड्यन्त्रण हो’- उनले भने ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वैशाख ३१ गते तोकिएको स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा नसर्ने ठोकुवा गरे ।

‘‘जनताको वर्षाैदेखिको इच्छा, चाहनाअनुसार निर्वाचनमा भाग लिने अधिकार छ, तोकिएकै समयमा चुनाव हुनुपर्छ ’’ नेम्लेवाङ्ले भने ।

कमेन्ट गर्नुहोस्