लोडसेडिङ हटाउने कुलमानलाई ‘एफएनसिसिआई गोल्ड अवार्ड ’

काठमाडौँ, चैत २८ । लोडसेडिङ घटाएर उज्यालो नेपाल बनाएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘एफएनसिसिआई गोल्ड अवार्ड टेन्ड सेटर’अवार्ड प्रदान गरिएको छ ।

काठमाडौँमा सोमबार सुरु नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औँ साधारणसभामा सार्वजनिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएकाले उक्त अवार्ड प्रदान गरिएको हो ।

प्रधानमन्त्रीले उनीसँगै ‘एफएनसिसिआई गोल्ड अवार्ड टेन्ड सेटर’ नेपाल राष्ट्र बैंकका गभर्नर हिमालयशम्शेर जबरा, पर्यटन व्यवसायी कर्ण शाक्य र सञ्चार क्षेत्रका कैलाश सिरोहियालाई पनि प्रदान गरे ।

त्यसैगरी हवाई क्षेत्रका वीरेन्द्रबहादुर बस्नेत, मनोरञ्जन क्षेत्रका नकिम उद्दिन, सूचना प्रविधि क्षेत्रका भद्रराज पाण्डे, शिक्षा क्षेत्रका प्रा डा सुरेशराज शर्मा, स्वास्थ्य क्षेत्रका डा सन्दुक रोइत, सामाजिक क्षेत्रका अनुराधा कोइराला, उत्पादन क्षेत्रका स्व रामलाल जी गोल्छा र सेवा क्षेत्रका स्व लक्ष्मणबाबु श्रेष्ठलाई प्रधानमन्त्रीले सम्मान गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: