प्रमुख अायुक्त यादवको निर्देशन : स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन गराउनुस्

काभ्रे, चैत २८ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्वच्छ र निष्पक्ष रुपमा स्थानीय तह निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतलाई निर्देशन दिएका छन् ।

निर्वाचन अधिकृत र मतदान अधिकृतको प्रशिक्षण कार्यक्रमको काभ्रेको धुलिखेलमा उद्घाटन गर्दै प्रमुख आयुक्त यादबले विवादमुक्त रुपमा निर्वाचन गराउन निर्देशन दिए ।

आयोगको आचारसंहिता भित्र रहेर निर्वाचनमा सहभागी हुनुपर्ने बताउँदै दलहरुसंग कुनैपनि प्रकारको साँठगाँठ आयोगलाई मान्य नहुने उनको भनाई थियो । राजनीतिक दलको भोजभतेरमा समेत सहभागी नहुन अधिकृतहरुलाई यादवले सुझाव दिए ।

देशभरका ७ सय ४४ निर्वाचन अधिकृत र २५ मतदान अधिकृतलाई २६ समुहमा विभाजन गरी देशका सात स्थानमा प्रशिक्षण सुरु भएको हो । २ दिनको प्रशिक्षणपछि मुख्य निर्बाचन अधिकृत र मतदान अधिकृत कार्यक्षेत्रमा खटिने निर्वाचन आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्