९३ हजार ६ सय डलरसहित क्याप्टेन पक्राउ

काठमाडौं, चैत २८ – नेपाल वायु सेवा निगमका क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित आइतबार राति पक्राउ परेका छन् ।

नेपाल वायु सेवा निगमको २२९ जहाज काठमाडौँ-दुवई उडानका लागि विमानस्थल जाने क्रममा चेक जाँचका क्रममा उनी राती १० बजेर ४५ मिनेट जाँदा पक्राउ परेका हुन् ।  जाँचका क्रममा उनकाे साथबाट उक्त रकम फेला परेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दले जानकारी दिएका छन् ।

अवालले हातमा बोक्ने झोलामा उक्त रकम राखेर एयरपोर्टभित्र छिर्न लागेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनले छोरीलाई लगिदिनका लागि उक्त रकम बोकेको प्रहरीसमक्ष बताएका छन् ।

अवालेलाई थप अनुसन्धानका लागि राजस्व कार्यालय हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्