डिपिएल क्रिकेट : रुपन्देहीद्वारा कञ्चनपुर १४ रनले पराजित

काठमाडौं, चैत २८ । धनगढी प्रिमियर लिग क्रिकेट (डिपिएल)को दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

रुपन्देहीका साहब आलम र कृष्ण कार्कीले तीन तीन, शक्ति गौचनले दुई साथै दिपेश श्रेष्ठले एक विकेट लिए ।

कञ्चनपुरका सागर पुनले ३८ बलमा ३९ रन, सुनिल धमलाले ३५ बलमा २८ रन, कुशल भुर्तेलले १३ बलमा २७ रन बनाएपनि जीतका पर्याप्त हुन सकेन ।

यसअघि ब्याटिङ गरेको रुपन्देहीका हरिशंकर शाहले २४ बलमा ३३ रन, शंकर रानाले १८ बलमा १९ रन, प्रकाश केसीले २३ बलमा २६ रन, शक्ति गौचनले २० बलमा १६ रन, बिक्रम शोबले ९ बलमा १५ रन बनाएका थिए ।

कञ्चनपुरका कुशल भुर्तेलले चार, अभिनाश कर्णले दुई साथै सुनिल धमलाले एक विकेट लिएका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: