देवीलाई खुशी पार्न आफ्नी आमाको हत्या !

चैत २८ । भारत, पश्चिम बंगालमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् ।

अन्धविश्वासले जकडिएको पश्चिम बंगालको पुरुलिया जिल्लामा कथित एक तान्त्रिकले देवीलाई खुसी पार्न भन्दै आफ्नै आमाको बली चढाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले हत्या अभियोगमा ३५ वर्षीय नारायण महतोलाई पक्राउ गरेको हो । उनले आफ्नी ५५ वर्षीय आमा फुलीदेवीको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आफूलाई तान्त्रिक भन्ने नारायणले सपनामा देवीले दिएको सल्लाह अनुसार आमाको बली चढाएको स्वीकार गरेका छन् ।

नारायणले धारिलो हतियार प्रयोग गरी घाँटी काटेर आमाको हत्या गरेका हुन् । घटनालगत्तै हतियारसहित दाजुको घर पुगेर नारायणले आमाको बली चढाएको बताएका थिए ।

तान्त्रिक विद्यामा लागेका नारायणले घरमै काली देवीको मन्दिर बनाएर राखेका थिए । उनी विभिन्न प्रकारका तान्त्रिक क्रियामा लाग्दै आएको छिमेकीहरुको भनाइ छ ।

देवीले सपनामा आफूलाई आमाको बली चढाउन आदेश दिएको र उनका खुसीका लागि आफ्नो त्यस्तो काम गरेको प्रहरी समक्ष उनले स्वीकार गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: