पाँचथरको सुवाङमा भीषण आगलागीमा आठ घर जले

ताप्लेजुङ, चैत २८ । पाँचथरको सुवाङमा जंगलबाट सल्किएको आगो गाउँमा पस्दा आठ घर जलेर नष्ट भएको छ ।

दिउँसो करिव एक बजे हिलिहाँङ गाउँपालीका–७ सुबाङ गाविसको दोभानबाट सल्किन सुरु आगो नजिकैको गाउँमा पस्दा आठ घर जलेर नस्ट भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार ती घरहरुमध्ये दुईवटामा मानिसको बसोबास रहेको र अन्य भने खाली थिए । घर जल्दा सामान र अन्नपात भने जलेर नष्ट भएका छन् । आगलागीलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मी र स्थानीयवासिन्दा लागिपरेको भएपनि अझैसम्म आगलागी नियन्त्रणमा आउन नसकेको पाँचथरका प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलले जानकारी दिएका छन् ।

आगो नियन्त्रणका लागि सदरमुकाम फुङ्लिङसहित जोरपोखरीबाट नेपाली सेना, ससस्त्र र नेपाल प्रहरीको टोली घटना स्थलमा पुगेको छ । आगलागी भएको स्थानमा दमकल लैजान सक्ने सडक नभएकाले आगो नियन्त्रणमा समस्या भएको प्रहरीको भनाई छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: