आगो नियन्त्रणबाहिर, ४० घर जलेर नष्ट, बारूद्धयन्त्र अझै घटनास्थल पुगेन

सिराहा, चैत २८ । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित वस्तीमा सुरु भएको आगोले भिषण रुप लिएको छ । साँझ ५ बजेबाट आगो सुरु भएको उक्त क्षेत्रमा हालसम्म ४० वटा भन्दा बढी घर जलेर नष्ट भइसकेको छ ।

स्थानीय हरिनारायण मण्डल (खत्बे)को परालको थुप्रोबाट उक्त आगो लाग्न सुरु भएको थियो । चर्काे हावा हुरीका कारण आगो नियन्त्रण बाहिर गएको इलाका प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घटनास्थल लहान नगरपालिकाबाट झण्डै डेढ घण्टाको दूरीमा पर्छ । विकट क्षेत्र भएको उक्त घटनाबारे लहान, सिरहा र राजविराज नगरपालिकाको बारुणयन्त्रहरुलाई खबर गरेपनि अपायक बाटोका कारण हालसम्म कुनै पनि आइपुगेका छैनन् ।

आगो नियन्त्रणमा कठिनाई भइरहेको प्रहरी नायब निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिए । स्थानीयवासिन्दा र प्रहरीले संयुक्त रुपमा आयो नियन्त्रणका लागि प्रयास गरिरहेको भएपनि अझैसम्म आगो नियन्त्रणमा ल्याउन सकिएको छैन ।

आगलागी अझै जारी रहेकाले आगलागीबाट अहिलेसम्म के कति धनजन क्षति भयो भन्नेबारे यकिन विवरण आइसकेको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: