सडक दुर्घटनामा दुई जनाको मृत्यु

कैलाली, चैत २९ । कैलालीमा सोमबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घटनमा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार, टीकापुरतर्फ जाँदै गरेको ना ५ ख ९४०८ नम्बरको बसले चटकपुरमा ठक्कर दिंदा ७ वर्षीय मनोज बोहराको मृत्यु भएको हो ।

कञ्चनपुरको झलारी–पिपलाडी–४, बस्ने मानसिंह बोहराका छोरा मनोज धनगढी स्थित आफ्नी फुपुको घर आएका बेला दुर्घटनामा परेका प्रहरीले जनाएको छ । सडकमा हिडिरहेका बेला बसले ठक्कर दिंदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि भारतको हल्दवानी लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।

बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै कैलालीको सुखडमा मोटरसाईकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । से ५ प ९८८ नम्बरको मोटरसाईकल पछाडि सवार धनगढी–४, का २२ वर्षीय हेमराज न्यौपानेको दुर्घटनामा मृत्यु भएको सुखड प्रहरीले जनाएको छ ।

धनगढीतिर आउँदै गरेको उक्त मोटरसाईकलले पैदलयात्री स्थानीय धनबहादुर कँडेललाई ठक्कर दिंदा दुर्घटना भएको हो । घटनामा पैदलयात्री कँडेल र मोटरसाईकल चालक धनगढीका २० वर्षीय कैली न्यौपाने घाइते भएका इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घाइते दुवैको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: