लमजुङमा बेवारिश शव फेला

लमजुङ, चैत २९ । मस्र्याङ्दी नदी किनारमा एक शव फेला परेको छ । अन्दाजी ३०, ३२ वर्षको एक पुरुषको शव सुन्दरबजार नगरपालिका वडा नं. ९ घुमाउने च्यानपाटा स्थिति मस्र्याङ्दी नदी किनारमा फेला परेको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरिक्षक चन्द्रं बहादुर गुरुङले जनाए ।

सोमबार करिब दिउँसो २ः४५ बजेको समयमा रातो कालो चेक सट, हाप टिसट्, खैरोकालो जिन्स पाइन्ट लगाएको गहुगोरो वर्ण तथा उचाई ५ फिट ६ इन्च भएको एक पुरुषको शव बेवाारिसे अवस्थामा फेला परेको हो ।

शवको पोष्टमाटमको लागि जिल्ला सामुदायिक अस्पताल बेसीसहरमा राखिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्