आईजीपि नबनाएको भन्दै सिलवाल अदालत जाने

काठमाडौं, चैत २९ । मन्त्रीपरिषदको सोमबार साँझ बसेको बैठकले डिआईजी प्रकाश अर्याललाई आईजीपिमा नियुक्त गरेपछि आईजिपीको क्रममा रहेका डिआईजी नवराज सिलवालले सर्वोच्च अदालत जाने बताएका छन् ।

सरकारको निर्णयले अपमानित भएको कारण अदालत जाने खोजेको सिलवालले बताएको अन्नपूर्ण दैनिकले उल्लेख गरेको छ । कानुन र अदालतको सर्वोच्चताका लागि म फेरि सर्वोच्च जानैपर्छ, भन्ने सिलवालको भनाई छ । “को भयो भने मेरो चासो होइन, म न्यायका लागि अन्तिमपटक अदालत जान्छु ।” सिलवालले भनेको समाचारमा उल्लेख छ ।

सोमबार राती ११ बजे अर्याललाई दज्र्यानी चिन्ह दिने कार्यक्रममा सिलवाल र चन्द दुवै सहभागी भएनन् ।

यसअघि चन्दलाई आईजिपीमा नियुक्त गर्ने सरकारको निर्णय सर्वोच्चले खारेज गरेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेस गर्न गठन गरेको समितिले अर्याल नै कार्यसम्पादनमा सबैभन्दा माथि रहेको रिपोर्ट दिएको आधारमा उनलाई आईजिपीमा नियुक्त गरिएको थियो ।

कार्यसम्पादनमा नवनियुक्त आईजीपी अर्यालको चार वर्षको औसत १५४ अंक छ । समितिले पेस गरेको मूल्यांकनअनुसार सिलवालको १५२।४ अंक मात्र छ भने डीआईजी बमबहादुर भण्डारीको १५०।२ र जयबहादुर चन्दको १४७ अंक रहेको सरकारले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: