प्रधानमन्त्री प्रचण्डले भने–सर्वोच्च अदालतको सम्मान गरेर आइजिपी नियुक्ति

काठमाडौं, चैत २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको सम्मान गर्दै नेपाल प्रहरीको महानिरिक्षक(आईजीपी) नियुक्ति गरिएको बताएका छन् । मंगलबार संसदको सुशासन समितिको बैठकमा उपस्थित प्रधानमन्त्री प्रचण्डले प्रहरीको मूल्याङकन विधि परिमार्जन गर्ने घोषणा गरे ।

उनले भने– ‘केही ढिलो त भयो । तर, हामीले जुन प्रक्रियाले आईजीपी नियुक्त गरेका छौं, यसमा अदालतको फैसलालाई सम्मान गरेको छ र आईजीपी नियुक्त गर्ने कार्यकारीको अधिकारको पनि रक्षा भएको छ ।’

याे पनि पढ्नुस  प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए

सरकारले सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकबाट डिआइजी रहेका प्रकाश अर्याललाई अाइजीपिमा बढुवा गरेको थियो । प्रधानमन्त्रीले अर्याललाई अाइजिपीमा बढुवा गर्न
कुनै राजनीतिक रुपबाट प्रेरित नभएको स्पष्ट पारे ।

उनले भने- ‘चार जना डिअाइजीको कार्यसम्पादन मूल्याङ्कन विधि अनुसार अर्याल बढुवामा परेका हुन् । जुन कुरा सम्माननीय सर्वोच्च अदालतले पनि अादेश दिएको अनुसार भएको छ ।’

याे पनि पढ्नुस  मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन स्थानीय तहको संख्या बढाइयो–प्रधानमन्त्री

उनले अबदेखि प्रहरीको आईजीपी नियुक्तिमा हुने राजनीतिक खिचातानी अन्त्य गर्न मूल्यांकन विधि नै नयाँ बनाउने समझदारी भएको जानकारी दिए ।

आईजीपी नियुक्तिमा राजनीतिक चलखेल हुँदा शान्ति सुरक्षामै असर परेको भन्दै यसले इमान्दार दक्ष प्रहरी प्रमुख निरास हुने वातावरणको अन्त्य गर्न सरकारले मापदण्ड र मूल्याङक विधि परिवर्तन गर्न लागेको बताए । उनले भने– भविश्यमा आईजीपी नियुक्तिमा राजनीतिक खिचातानी नहोस् भन्नका निम्ति मूल्यांकन विधि नयाँ बनााउने समझदारी भएको छ, अब यस्ता समस्या आउने छैन ।’

याे पनि पढ्नुस  लोडसेडिङ हटाउने कुलमानलाई ‘एफएनसिसिआई गोल्ड अवार्ड ’

कमेन्ट गर्नुहोस्