महानिरिक्षक बनेको भोलिपल्ट प्रधानमन्त्री भेटे अर्यालले

काठमाडौं, चैत २९ । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ र नवनियुक्त प्रहरी महानरीक्षक प्रकाश अर्यालबीच भेटवार्ता भएको छ ।

सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्यालको कार्यकाल सफलताको कामना दिएको उनको निजी सचिवालयले जनाएको छ ।

साथै आर्इजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले देशमा निर्वाचन घोषणा
भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सफल पार्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्