आगलागी प्रभावितलाई राहत सामग्री वितरण

नेपालगन्ज, चैत २९ । बाँके जिल्लामा सोमबार आगलागीबाट प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले सोनारी गाउँपालिकामा गैरखाद्य राहत सामग्री वितरण गरेको छ ।

गत आइतबार सो गाविसको वडा नं ७ वसन्तपुरमा आगलागी हुँदा आठ घरपरिवारका २१ महिला २७ पुरुष प्रभावित भएका थिए ।

रेडक्रसले आगलागी प्रभावित प्रतिपरिवारलाई त्रिपाल, कम्बल, भाँडा सेट, कपडा, बाल्टी र त्रिपाल तान्ने डोरी वितरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: