गुण्डा नाईके दावा लामामाथि काठमाडौंमा गोली प्रहार

काठमाडौं, चैत २९ । गुण्डा नाइके दावा लामामाथि काठमाडौंमा गोली प्रहार भएको छ । मंगलबार विहान गौरीघाटको दिव्यश्वरी पाटी प्यालेसमा छिर्दै गर्दा लामामाथी अपरिचित समुहले ४ राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्ररिसर र महानगरीय प्रहरी अपराध महाशाखाले हालै बनाएको १ सय २२ जना गुण्डाको सूचीमा लामा पनि रहेका छन् । प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका लामाको कोखमा गोली लागेको महानगरिय अपराध महाशाखा प्रमुख प्रधुम्न कार्कीले बताए । घाईते लामालाई उपचारकालागि नेपाल मेडिकल कलेज जोरपाटी लगिएको छ ।
प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका लामालाई क वर्गको गुन्डा नाईकेको सुचिमा राखेर प्रहरीले निगरानी गरिरहेको थियो ।
काभ्रेपलाञ्चोक जिल्ला भुम्लुटार गाविसका दावा केही वर्षअघि नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: