हावाहुरीका कारण तीन दिनदेखि विद्युत अवरुद्ध

प्राविधिक टोलीहरुले बिग्रेको ठाउँ अझै पत्ता लगाउन सकेन

खोटाङ, चैत २९ । खोटाङ जिल्लामा तीन दिनदेखि विद्युत अवरुद्ध हुँदा अझैसम्म पनि आपूर्ति गर्न सकेको छैन ।

गत आइतबार साँझदेखि दिक्तेल–गाईघाटमा ३३ केभी प्रसारण लाइनको तार चुडिँदा विद्युत् अवरुद्ध भएको हो ।

उक्त अवरुद्ध भएको विद्युत प्रचार लाइन मर्मतका लागि टोली खटाइ सकिएको नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय दिक्तेलले जनाएको छ ।

गत आइतबार राति चलेको हावाहुरीले रसुवा आसपासमा तार चुँडाएको अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।

विद्युत् अवरुद्ध हुँदा खोटाङका साथै छिमेकी जिल्ला ओखलढुङ्गाको जनजीवनसमेत प्रभावित भएको छ ।

विद्युत् अवरुद्ध भएपछि सरकारी तथा गैरसरकारी कार्यालयका काम, वित्तीय कारोबार, व्यापार/व्यवसाय सञ्चालनमा समस्या हुनुका साथै जिल्लामा सञ्चालित विद्युतीय तथा छापा सञ्चारमाध्यमको प्रकाशन र प्रसारणमा समेत असर पुगेको छ ।

जिल्लामा पटकपटक लामो समयसम्म विद्युत् अवरुद्ध गराइएको भन्दै स्थानीय उपभोक्ता आक्रोशित भएका छन् । उनीहरुले प्राधिकरणका कर्मचारीको लापर्बाहीले विद्युत् अवरुद्ध भएको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: