स्थानीय तहको कार्यान्वयन गर्न माअोवादी केन्द्रले जित्नुपर्छ- प्रधानमन्त्री

ललितपुर, चैत २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र मुद्दै मुद्दाको पार्टी भएकोले जनताको मुद्दा कार्यान्वयनका लागि जिताउनुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्र ललितपुर महानगरपालिकाको प्रथम एकता अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सिंहदरबारमा रहेको सत्तालाई गाँउ–गाँउ पुर्याउने माओवादी केन्द्रलाई जिताउन सबै जनतासँग आग्रह गरे ।

उनले भने–परिवर्तनका मुद्याहरु माओवादीकै हुन्, संघीयता धर्मनिरपेक्षता, समावेशी, मधेस, दलित जनजाती लगायतलाई राज्यको मूल प्रवाहमा ल्याउने काम माओवादी गरेको छ अब यसलाई कार्यान्वयन गराउन पनि माओवादीले जित्नुपर्छ ।’

सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन आफ्नो सरकारको कारण सफल भएको दाबी गरे । अन्य दखलले चुनाव गर्न चाहेका थिएनन्, उनीहरु सिंहदरबारमा रहेको सत्तालाई जनताको घरदैलोमा लैजान दिदैँनथे’ तर हामीले लडेर उक्त व्यवस्था गाउँ गाउँ पुर्याएका छौं,’ प्रचण्डले भने ।

उनले स्थानीय तहको कार्यान्वयन गर्न माओवादी केन्द्रले जित्नुपर्ने बताए । यदि हामीले जितेनौ भने हामीले ल्याएका अधिकारहरु गुम्नेछन् । तपाईहरुले चुनावमा विचार गर्नुहोला प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस–एमाले चुनावप्रति सकारात्मक नभएको आरोप समेत लगाए । माओवादी पुनर्जागरणको अभियान देखेर कांग्रेस एमालेका नेताहरु चुनाव रोक्नेतिर सक्रिय भएको दाबी गरे ।

‘अहिले विस्तृतरुपमा त भन्न सम्भव छैन । मैले बुझेसम्म यो निर्वाचनप्रति त्यति ठूलो रुची ठूला भनिएका पार्टीलाई छैन । तपाईंहरुले बाहिर सुन्दा त उनीहरु निकै नै उत्साहित छन् भन्या जस्तो पनि देख्नु सुन्नु भयो होला तर, यथार्थ त्यस्तो छैन । यसलाई कुनै तरिकाले रोक्नेतिर या दुबैले हामीसँग तालमेल गर्नेतिर असाध्यै दौडधुप भइराखेको छ,’ प्रचण्डले भने ।

आफ्नो सरकारको पालमा आर्थिाक बृद्धिदर ७ प्रतिशत पुर्याएको भन्दै प्रधानमन्त्रीले नेपालको समग्र विकासका लागि आफ्नो पार्टीसँग भिजन रहेको दाबी गरे । मेरै नेतृत्वको सरकारले आर्थिक बृद्धिदर २५ वर्षयताकै सबैभन्दा बढी बनाएको छ, यो सरकार चलाउने भजनसँग सम्बन्धित छ, अहिले देशभर मूल्यबृद्धि घटेको छ, देश उज्यालोमा छ यी सबैलाई दीर्घकालीन बनाउन हामीले जित्नुपर्छ ।’

फाष्टट्याक नेपाली सेनालाई बनाउन दिएर नेपाली जनता सबै काम गर्न सक्षम छन भन्ने उदाहरण प्रस्तुत गरेको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्रीले जति काम गरेपनि प्रचार गर्न नसकेको स्वकार गरे । ‘हामीलाई प्रचार गर्न पर्दैन जनतालाई बुझाए पुग्छ, हामीले जनताको सेवा भन्दा अन्य सोचेका छैनौं ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: