प्रधानमन्त्री अकस्मात सडक अनुगमनमा

काठमाडौं, चैत २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अकस्मात राजधानी उपत्यकाको सडक अनुगमनमा निस्किएका छन् ।

मंगलबार संसदको सुशासन समितिमा राजधानी काठमाडौंका सडक नाजुक अवस्था र सवारी साधनहरुको मनलाग्दी समस्या सुनेपछि उनले ललितपुरको सातदोबाटोदेखि कलङ्कीसम्मको सडकको अवस्था निरिक्षण गरेका हुन् ।

कोटेश्वदेखि कलङ्कीसम्मको सडक चीन सरकारको सहयोगमा आठ लेनको बनाउने काम भइरहेको छ । भनेको समयमा काम सम्पन्न नहुँदा उक्त क्षेत्रमा धुँलोका कारण सर्वसाधारणको स्वास्थ्यमा प्रभाव परेपछि प्रधानमन्त्रीले आफैँ अनुगमन गरेका हुन् ।

अहिले पधानमन्त्री कलङकीदेखि थानकोट सडकको अवस्था निरिक्षण गर्न त्यता लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले जानकारी दिए ।

सडकको अनुगमन सकेपछि मन्त्रालय आएर प्रधानमन्त्रीले सम्बन्धित निकायका प्रमुखहरुलाई कडा निर्देशन दिने तयारी गरेका छन् । प्रधानमन्त्रीले सडकको अवस्था सवारी साधनको अवस्था र सडकमा रोकिएका सवारीसाधन देखि निर्माण सामग्री समेत सडकमै रोकेकोप्रति गम्भीर चासो लिएका छन् । काठमाडौंको कलङ्की सडक खण्ड सबैभन्दा धेरै ट्राफिक जाम हुने स्थान हो ।

कमेन्ट गर्नुहोस्