२३ रनले हरायो विराटनगर किंग्सले टिम चौराहलाई

धनगढी, चैत २९ । सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले धनगढी टिम चौराहलाई २३ रनले पराजित गरेको छ ।

टस हारेको विराटनगर किंग्सले कप्तान शरद भेषावकरको ४६ र अनिल साहको २८ रनमा ६ विकेट गुमाइ १३४ रन बनाएको थियो । सुशील कँडेल र शरद भेषावकरले ३र३ तथा जितेन्द्र मुखियाले २ विकेट लिएपछि टिम चौराहा धनगढी १११–९ मा खुम्चियो ।

खेलको म्यान अफ दि म्याच शरद भेषावकर भए ।

सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले धनगढी टिम चौराहलाई १३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले व्याटिङमा आएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १सय ३४ रन बनायो ।

खेलमा विराटनगर किंग्सका तर्फबाट कप्तान शरद भेषावकरले सर्वाधिक ४६ रन बनाए । उनले ३२ बलमा ४६ रन बटुले ।

यसैगरी टिम चौराहका तर्फबाट ललित राजवंशीले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर २ विकेट चट्काए भने सुशन भारी, रामनरेश गिरी र आरिफ शेखले १र१ विकेट लिए ।

सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत मंगलबारको पहिलो खेल विराटनगर किंग्स र धनगढी टीम चौराहबीच हुँदै छ ।

मंगलबार बिहान टीम चौराहले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । टीम चौराहका कप्तान पारस खड्का रहेका छन् भने विराटनगर किंग्सका कप्तान शरद भेषावकर छन । खेल सुरु भएको छ ।

हामी ट्विटरबाट खेलको प्रत्यक्ष जानकारी दिइरहेका छौं ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: