७४ जिल्लामा तोकियो मतदान केन्द्र

काठमाडौं, चैत  ३० ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि प्रदेश–२ को सप्तरीबाहेक सबै जिल्लाको मतदान केन्द्र टुंग्याएको छ । ७४ जिल्लाको मतदान केन्द्रका लागि स्थानीयस्तरबाट आयोगले सहमति पाएको हो ।

आयोगले मंगलबार मात्रै महोत्तरीको केन्द्र निर्धारणका लागि सहमति पाएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह र जिल्ला निर्वाचन कार्यालयमा ताला लगाएर अवरोध गरेपछि आयोगले प्रदेश–२ मा मतदान केन्द्र तय गर्ने विषयमा सहमति जुटाउन सकेको थिएन ।

तर, पछिल्लो समय तराई मधेसका जनता निर्वाचनप्रति आकर्षित हुन थालेपछि मोर्चा आफ्नो अडानबाट पछि हट्दै मतदान केन्द्र तोक्ने विषयमा सहमतिमा आएको हो ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले प्रदेश–२ मा पुरानो मतदान केन्द्रअनुसार पायक पर्ने हिसाबबाट नयाँ केन्द्र निर्धारण गर्ने गृहकार्यमा आयोग लागेको जानकारी दिए ।

यो खबर आजको राजधानीमा  छ ।

कमेन्ट गर्नुहोस्