दुई चरणमा हुने भयो स्थानीय तहको चुनाव

काठमाडौं, चैत ३० । स्थानीय तहको चुनाव दुई चरणमै हुने समझदारी भएको छ । वैशाख ३१ गतेका लागि तय भएको चुनाव तराईका ११ जिल्लामा भने दोस्रो चरणमा गर्ने सहमति बनेको हो ।

सरकारले मधेसी मोर्चाको माग सम्बोधनका लागि मंगलबार संसद्मा नयाँ विधेयक दर्ता गरेपछि तराई लगायतका ११ जिल्लालाई छोडेर बाँकी जिल्लामा वैशाख ३१ गते चुनाव हुने सहमति बनेको हो ।

याे पनि पढ्नुस  अंग्रेजलाई त हरायौं, कमलामाईलाई सुन्दर नगर बनाउन गा¥हो छैन

सरकारले म‌ङ्गलबार मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गरेको छ। संसदमा उक्त प्रस्ताव पारित गरी अघि बढ्दा दुई र पाँच नम्बर प्रदेशसहित केही भागमा दोस्रो चरणमा निर्वाचन हुन लागेको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई चरणमा चुनाव गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहमत थिए । त्यसपछि दलहरुबीचमा सहमति जुटाएर दूई चरणमा चुनाव गरिने समझदारी बनेको हो ।

याे पनि पढ्नुस  निर्वाचन आयुक्त यादवले भने–दुई चरणमा चुनाव गराउन आयोग तयार

संशोधन प्रस्तावसँगै मोर्चाको मागअनुसार तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या बढाउँदा मोर्चा पनि निर्वाचनमा सहभागी हुन सक्ने सरकारको विश्वास छ। त्यसैका लागि सरकारले दुई र पाँच नम्बर प्रदेशसहित केही भागमा दोस्रो चरणमा निर्वाचन गराउने तयारी गरेको हो ।

संसदको सुशासन समितिमा मंगलबार बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ३१ गते निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गरेका थिए। ‘राजनीतिक दलहरूबीच सहमति गरेर वैशाख ३१ का अलवा त्यसपछि पनि केही भागमा दोस्रो चरणमा निर्वाचन हुन सक्छ,’ दाहालले भनेका थिए।

कमेन्ट गर्नुहोस्