७२ वर्षीय वृद्धले गरे बालिका बलात्कार

गौशाला, चैत ३०। महोत्तरीमा ७२ वर्षीय वृद्धले १० वर्षीया बालिका बलात्कार गरेका छन् ।
जिल्लाको पिपरा गाउँपालिका–२ बस्ने मुनीजी भन्ने कुमार पाण्डेले स्थानीय १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार स्थानीय बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत एक छात्रा स्कुल सकेपछि घर गइरहेका बेला गत चैत १७ गते वृद्ध पाण्डेले आफ्नो घरभित्र लगेर बलात्कार गरेको भन्ने आरोपमा मङ्गलबार उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको छ । पाण्डे भने फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

पीडित बालिकासहित उनका परिवार तथा स्थानीयले नारा जुलुस लगाउँदै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले आरोपी पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको हो ।

कमेन्ट गर्नुहोस्