मधेसी मोर्चाले निर्वाचनमा भाग नलिने

काठमाडौँ, चैत ३० । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनमा सहभागी नहुने जनाएको छ । सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले आफ्ना मुद्दाहरु सम्बोधन नहुने निर्वाचनमा भाग नलिने मोर्चाको आज बसेको बैठकले जनाएको हो ।

मधेसी मोर्चाले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै निर्वाचन अस्वीकार गर्ने निर्णय गरेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  फोरमलार्इ २ मन्त्रालय, एमालेलार्इ १०, तीन गुणा आकांक्षी

तराई मधेस लोकतात्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले मोर्चा र सङ्घीय गठबन्धनले सरकारसमक्ष प्रस्तुत गरेको ११ र २६ बुँदे मागअनुसार संविधान संशोधन गरी मुद्दा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने निर्णय गरेको छ ।

अध्यक्ष यादवले मोर्चा र गठबन्धनले उठाएका मुद्दा सम्बोधन गराउन शान्तिपूर्ण अहिंसात्मक जनअवज्ञा आन्दोलनलाई निरन्तर जारी राख्ने बताएका छन् । बैठकले यही चैत ३१ गते सबै जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन गर्ने र वैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  मधेसी दल एकीकरण हुनु सकारात्मक : ओली

बैठकमा तमलोपा अध्यक्ष महन्त ठाकुर, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) अध्यक्ष राजकिशोर यादवलगायत उपस्थित रहेका थिए ।

कमेन्ट गर्नुहोस्