अब वृद्ध भत्ता दोब्बर हुन्छ : सभापति देउवा

काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अव वृद्धवत्ता दो
ब्बर बनाउन सकिने बताएका छन् ।

कांग्रेसले स्थानीय तहको चुनाव प्रचारप्रसारको शिलशिलामा पोखरामा ४ नम्बर प्रदेशस्तरीय सभामा बोल्दै सभापति देउवाले नेपाली कांग्रेस जसरी पनि पैसा जुटाउन सक्ने भन्दै
अब वृद्धावत्ता दोब्बर बनाउने बताएका छन् ।

कार्यकर्ताहरुको मनोबाल उच्च बनाउँदै ‘हामी अधिकतम सहमति गरेर जित्न सक्नेलाई मात्रै उम्मेद्वार बनाउने छौं’ सभापति देउवाले भने ।

उनले पहाडी र मधेसीबीच द्वन्द्व सृजना गरेर देशलाई टुक्राउने षड्यन्त्र भइरहेको यो अवस्थामा सबै मिल्नुको विकल्प नरहेको पनि बताएका छन् ।

सभापति देउवाले भने, ‘माओवादीलाई कसले पैसा दिन्छ, कांग्रेसलाई विदेशीले समेत दिन्छन् ।’ उनले थपे, ‘अव बृद्धि भत्ता त दोब्बर हुन्छ, हुन्छ ।’

देउवाले स्थानीय चुनावका लागि जिल्लाबाटै उम्मेदवारको नाम पठाउन आग्रह गर्दै चुनावमा विद्रोह र अन्तरघात गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिए ।

सभामा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा जित्ने र जितेपनि संघीय संरचना अनुसार काम गर्न सक्ने व्यक्तिलाई मात्रै उम्मेद्वार बनाउने तयारी भएका बताए ।

नेपाली कांग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले पार्टीले गरेको निर्णय विपरित कसैले अन्तरघात गरेमा वा वागी उठेमा कारवाही गरी पार्टीबाटै निष्काशन गर्ने चेतावनी पनि दिए ।

कमेन्ट गर्नुहोस्