‘तिम्रो चोली…’ मा गायक हिमाल सागर प्रियांका कार्कीसँग

चैत ३० । ‘मेरो मन’, ‘आज किन’, ‘कहिले मुस्कुराउने’, ‘न मैले लेखेँ’, ‘तिमीले माया नगरे’ जस्तो थुपै्रै चर्चित गीत दिइसकेका गायन तथा मोडल हिमाल सागर पुनः ‘तिम्रो चोलीको तुनामा’मार्फत आएका छन् । यसवटक भने केही लामो अन्तरालपछि उनी बजारमा आएका हुन् ।

गीतमा शब्द, संगीत तथा स्वर हिमाल आफैले भरेका पप शैलीको यस ‘तिम्रो चोलीको तुनामा’ बोलको गीत सार्वजनिक भएको हो । त्यतिमात्र होइन, यो गीतमा हिमाल सागर आँफैले अभिनय पनि गरेका छन् र नायिका प्रियंका कार्कीले उनलाई साथ दिएकी छिन् ।

अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोमा हिमालले नायिका प्रियांका कार्कीसँग अभिनय गरेका छन् । सुरेन बश्यालको कोरियोग्राफी रहेको गीतमा हरी हुमागाईँको छायांकन तथा निशान घिमिरेको सम्पादन छ ।

यस्ताे छ भिडियाे

कमेन्ट गर्नुहोस्